Ayurnepal.com

Nepali Language (Nepal)English (United Kingdom)

स्वरभेद (स्वरसुक्नु)


यो रोग स्वरयन्त्रको कुनै भाग सुन्निएमा उत्पन्न हुन्छ । यसमा बोली अस्पष्ट सुनिने, घाटी  दुख्ने हुन्छ ।

कारण
    चिसो पछि लगत्तै तातो खाने कुरा खानु ।
    बढी बेर सम्म बोल्नु ।
    चुरोट तथा रक्सीको अत्याधिक प्रयोग
    स्वरयन्त्रको संक्रमण
    स्वरयन्त्रको क्षयरोग अथवा अर्बुद ।

लक्षण
    बोल्दा घाटी दुख्छ ।
    बेली अस्पष्ट वा स्वर बसेको हुन्छ ।

औषधि उपचार
    एलादीवटी अथवा खदिरादिवटी १ गोली दिनको ३–४ पटक मुखमा चुस्न दिनुपर्छ ।
    यष्टीमधुचुर्ण अथवा बोझोको चुर्ण महसंग खान दिनुपर्छ ।
    मलशुद्धिका लागी त्रिफलाचुर्ण ३ ग्रा. बिहान मनतातो पानीसंग खान दिनुपर्छ ।

पथ्य
    दाख, गाईको घ्यु, अदुवा र पिप्ला यी मध्ये कुनै तातोपानी अथवा महसंग खान दिनुपर्छ ।

अपथ्य
    अमिलो, चिसो, चिल्लोमा भुटेको कुरा खानु हुन्न ।
    चिसो हावापानी बाट बच्नुपर्छ ।





Ask a Doctor Online Now»

Comments (0)Add Comment

Write comment

busy
 

भर्खरैको समाचार

Ayurveda Health Camp gets crowded
आइतवार, 19 जून 2011
KATHMANDU, Nepal June 20, 2011: An intensive one day free health camp was successfully completed at Harisiddi, Lalitpur recently. The camp was... Read more...

समाचारपत्र सदस्यता