Ayurnepal.com

Nepali Language (Nepal)English (United Kingdom)

विपरितकरणी

विपरितकरणी मुद्रा
सुरुमा ढाडको सहायताले सुत्नुहोस् ।  त्यसपछि दुबै खुट्टालाई मिलाएर सीधाराखी माथी उठाउनुहोस् । यसरी दुबै खुट्टालाई एक साथ मिलाएर माथी उठउदा सर्वांगासनमा जस्तो ३०, ६० डीग्रीकोणको हिसाबले गर्दा राम्रो हुन्छ । जब खुट्टा ९० डीग्रीकोणमा सीधा हुनपुग्छ, त्यसैबेला कम्मरलाई पनि हातको सहायताले उठाई जीउलाई छातिमाथिको भागको भरमा राख्नुपर्छ । सीधा रहेको  दुबै खुट्टालाई एक साथ मिलाएर कम्मरलाई हातको सहायताले उठाउदै, खुट्टा १२० डीग्रीको कोण हुनेगरी केही अगाडि झुकाउने ।  त्यसपछि आँखा बुढि औँलामा केन्द्रित गर्नुपर्छ । सामान्य श्वास प्रश्वास गर्न सकिन्छ । एक मिनेटबाट सुरु गरेर १० मिनेट सम्म यसको अभ्यास बढाउन सकिन्छ ।


फइदाः–
यसको नियमित अभ्यास गर्नाले सर्वाङ्गासनको सबै फाइदाहरु प्राप्त हुन्छन् । पेट बलियो हुन्छ , भोक खुलेर लाग्दछ ।शरीर स्वस्थ हुन्छ, अनुहार तेजस्वी हुन्छ , कपाल छिटो सेतो हुँदैन दिमागको तागत बढ्दछ। खुट्टा सुनिइने अथवा हात्तीपाइलेको प्रारम्भिक अवस्थाको सुनिइने कार्यमा फाइदा गर्छ  । डण्डीफोर, पोतो, चिलाउने आदि रक्त विकार जन्य रोगहरुबाट फाइदा गर्छ । यसको विशेष प्रयोग शंख प्रक्षालनमा गर्न सकिन्छ। जुन क्रिया गर्नाले सानो आन्द्राबाट ठूलो आन्द्रामा पानी तीब्रतासँग जान थाल्दछ र पानी विस्तारै विस्तारै बाहिर निस्कन थाल्दछ जसको कारण पेट सफा हुन्छ ।

Comments (0)Add Comment

Write comment

busy
 

योगासन


भर्खरैको समाचार

Ayurveda Health Camp gets crowded
आइतवार, 19 जून 2011
KATHMANDU, Nepal June 20, 2011: An intensive one day free health camp was successfully completed at Harisiddi, Lalitpur recently. The camp was... Read more...

समाचारपत्र सदस्यता