Ayurnepal.com

Nepali Language (Nepal)English (United Kingdom)

पाखान भेद


बैज्ञानिक नाम ( ल्याटिन नाम )     : बर्जिनिया लिगुलाटा       [ Bergenia ciliata (Haw.) Sternb.]
संस्कृत नाम : अश्यभेदक , अश्महन , नगमित, पाषणभेदक, शैलगर्गज
अन्य  नाम : पाखानभेद
वनस्पति परिवार :   साग्सीफ्रागेसी (Saxifragaceae)

परिचय

यो विरुवा नेपालको २र्१०० – ३०० मिटर सम्मको उचाईमा , लेकाली भेगमा , ढुङ्गै ढुङ्गा भएको भिरालो ओसिलो ठाउँमा पाईन्छ ।
यो १५ सेन्टिमिटर जतिको अग्लो बाहृमासे विरुवा हो । यसको पात ५ देखि १५ सेन्टिमिटर लामो र ५ देखि १० सेन्टिमिटर सम्म चौडा फूल फूल्ने समयमा हुन्छ । यसको आकार अण्डाकार अथवा गोलाकार हुन्छ । त्यसबेला यसको आकार हृदयाकार र चम्किलो रातो रंगको हुन्छ । पातको किनारा स–साना रौंहरुले घेरिएको हुन्छ । फूलहरु झुप्पामा फूलेको हुन्छ । यसका फूलहरु सेतो गुलाफी अथवा प्याजी रंगका हुन्छन् । एउटै फूलमा भाले तथा पोथी दुवै अंग पाईन्छ ।
यो विरुवाको जडिबुटिमा प्रयोग हुने भाग जरा र काण्ड हो । यो काण्ड जमिनमुनि र अदुवा जस्तै हुन्छ । यसको रंग खैरो हुन्छ । तर साधारण अदुवा जस्तै हाँगा बिँगा हुदैन । यो काण्ड ६ सेन्टीमिटर लामो र एक सेन्टिमिटर चौडा गोलाई हुन्छ । यो काण्डबाट जराहरु पनि निस्केका हुन्छन् ।

खेती
यसको खेती जरा र वित्र दुवैबाट गर्न सकिन्छ । नेपालमा निम्न लिखित जिल्लाहरुमा यसको खेती गर्न सकिन्छ । जस्तै सिन्धुपाल्चोक , चितवन , पर्सा , बारा , रामेछाप , दोलखा , लमजुङ्ग , मुगु , तिव्रिकोट र मन्ला इत्यादि ।

संकलन
यसको जरा शरद ऋतुमा बीउ झरी सकेपछि संकलन गर्नु पर्दछ । संकलन गर्दा केही भाग छाडि संकलन गर्नु पर्नेछ । जसले गर्दा नयाँ बोट पलाएर आउँछ ।

सुकाउने तथा संरक्षण
संकलन गरिएका काण्ड पानीमा पखालेर घाममा राम्ररी सुकाउनु पर्दछ । सुकिसकेपछि मझौला खालको बोरामा हालेर सुख्खा ठाउँमा थन्काउनु पर्दछ ।

उपयोगिता
आयुर्वेदिक प्रणाली अनुसार यसको जरा – ज्वरो , पखाला , कफ , हृदय रोग , आँउ , आदिमा प्रयोग गरिन्छ ।





Send Business Enquiry Now»

Comments (0)Add Comment

Write comment

busy
 

भर्खरैको समाचार

Ayurveda Health Camp gets crowded
आइतवार, 19 जून 2011
KATHMANDU, Nepal June 20, 2011: An intensive one day free health camp was successfully completed at Harisiddi, Lalitpur recently. The camp was... Read more...

समाचारपत्र सदस्यता