बज्रासन
|
|
|
|
|
|
|
|
यो एक मुख्य ध्यानात्मक आसन हो । यो एउटा मात्रै यस्तो आसन हो जुन खाना खाएपछि गर्न सकिन्छ । मुस्लिम समाजमा नमाज पढ्दा यही आसनमा बसिन्छ । यो खाना खाएपछि ५ मिनेटसम्म गर्न सकिन्छ ।
विधिः
१. दुबै खुट्टालाई मोडेर पछाडि पञ्जा खोल्ने र कुर्कुचा बाहिरपट्टि हुन्छ तथा पञ्जा नितम्बले थिचेको होस् ।
२. यो स्थितिमा खुट्टाको बुढी औलाहरू एक आपसमा छोइएको होस् ।
३. कम्मर, मेरुदण्ड र टाउको सिधा होस् ।
४. घु“डा मिलेको होस् र हातलाई घु“डामाथि राखियोस् ।
फाइदाः
१. यसले मनको चञ्चलता हटाउ“छ ।
२. यसले अपचनको समस्यालाई भगाउन मद्दत गर्दछ ।
३. यसले उदर प्रदेशमा रक्तसंचार बढाउ“छ ।
४. कम्मर दुख्ने, घु“डा दुख्ने तथा मुटुको समस्यामा फाइदा गर्छ ।
५. यसले कुण्डलिनी जागरणमा सहयोग पु¥याउ“छ ।
हानिः
१. यदि यो आसनमा लामो समयसम्म बसेमा गुदा प्रदेशको नशाको प्यारालाइसिस हुने सम्भावना हुन्छ ।
२. रक्तचापको कमी भएको व्यक्तिले यो आसन लामो समयसम्म गर्नु हु“दैन ।




