Ayurnepal.com

Nepali Language (Nepal)English (United Kingdom)

बेल

बैज्ञानिक नाम:   Aegle marmelos (Linn. ) Correa
नेपाली नाम: बेल
संस्कृत नाम: श्री फल
अंग्रेजी नाम: The bael tree , Holy fruit tree , Bengal quince
वनस्पति परिवार: Rutaceae

१. परिचयः
यो ६–१० मि. सम्म अग्लो हुने अर्ध– पतझर रुख हो । यसका पातहरुमा एउटै पत्र डाँठमा तीनवटा पातहरु छुट्टिएका हुन्छन् । तीनवटा पातमध्ये बीचको पात केही ठूलो हुन्छ । पातका साइज ५– १० से. मी. लामा र २.५– ६.३ से. मी. सम्म चौडाई भएका र अण्डाकार र टुप्पो चुच्चो परेको हुन्छ । यसका आँख्ला नजिकै सोझा काँडाहरु हुन्छन् । फूलहरु हरिया–सेता रंगका र बास्नादार हुन्छन् । फूलहरुको व्यास करीब ३ से. मी. सम्म हुन्छन् । फल गोलाकार करिब १५ से.मी सम्म व्यास भएका र बाहिरी आवरण एकदम कडा हुन्छ । फल भित्र ८–१५ वटा कोठाहरु हुन्छन् जसमा वीउ र सुन्तला रंगको गुदी भरिएको हुन्छ ।यसको प्रयोग हुने भाग फल, जरा र पातहरु नै हुन् ।

२. फैलावटः
यो विरुवा भारतको मौलिक विरुवा मानिन्छ, ता पनि म्यानमार, इन्डोचीन, मलेसियामा पाइन्छ । नेपालमा यो पूर्व देखि पश्चिम सम्म करिब ११०० मी. सम्मको उचाई भएका ठाउँहरुमा पाइन्छ । हाल यसको उन्नत जातको विरुवाहरुको खेती गर्ने प्रचलन पनि छ ।

३. उपयोगः

यसको जरा आयूर्वेदिक औषधीय पद्धतिमा तयार गरिने “दशमूल”मा प्रयोग गरिन्छ । नपाकेको फल झाडा पखाला र आउँमा उपयोगी मानिन्छ भने पाकेको फल कब्जियतमा प्रयोग गरिन्छ । यसको पात, फल र जरा मधुमेह रोगमा उपयोगी हुने कुरा हालका केही प्रयोगहरुले सिद्ध गरिदिएका छन् । यसको पाकेका फलको गुदीबाट शरवत बनाउने पनि गरिन्छ ।

४.खेती विधिः
यसको फलको माग प्रशस्त भएको कारणले हाल यसको खेती प्रति रुचि बढेको छ । यसको खेती गर्न निम्नानुसार विरुवाहरु तयार गर्नु पर्दछ ।

५. माटो र हावापानीः
बलौटे वा दोमट माटो, पारिलो, गर्मी तथा केही आद्रता बढी भएको ठाउँमा यसको खेती गर्न उपयुक्त मानिन्छ ।

६. नर्सरी विधिः
वीउ संकलनःखासगरी वेलको विरुवा यसको विउबाटै तयार गरिन्छ । यसका फलहरु मंसीर देखि माघसम्म पाक्दछन् ।

फागुन/चैत्रमा राम्ररी पाकेका फलहरु फुटाई त्यस भित्रका वीउहरुलाई राम्ररी धोएर केही दिन सुकाउनु पर्दछ । भुँईमा खसेका फलहरुबाट वीउ लिनू हृदैन किनभने त्यस्ता विउहरुको उमार शक्ति एकदम कम हुन्छ । संकलित वीउ केहि दिनमा नर्सरीमा उमारेर १ वर्षसम्म नर्सरीमा नै राखी दोश्रो वर्षको असार /श्रावणतिर फिल्डमा सारिन्छ ।

कलमी/गुटी/बडिङ्गः यसका जरा वा हाँगाको कलमी काटेर पनि वेर्ना तयार गर्न सकिन्छ भने गुटी बाँधेर वा कोपिला सहितका हाँगा निम्न स्तरीय फल लाग्ने खालका विरुवाको हाँगामा ग्राफ्ट(जोडेर) गरेर पनि वेर्ना तयार गर्न सकिन्छ ।

वेर्ना सार्नेः१०–१२ मी. फरक रहने गरी १ मी. चौडाइ, १ मी.लम्बाई र १ मी. गहिराई भएको खाल्डो तयार गर्नु पर्दछ । उक्त खाल्डोमा सुकेका पतकरहरु राखि आगो लगाई गाई भैँसीको राम्ररी कुहिएको मल माटो भरी खाल्डो तयार गर्नु पर्दछ । यसरी  तयार गरी राखेका खाल्डाहरुमा वेर्नाहरु असार / श्रावणतिर सार्नु पर्दछ । लगाई सकेपछि पहिलो ÷दोश्रो वर्ष राम्रोसँग हेर विचार गर्नु पर्दछ । पहिलो / दोश्रो वर्षमा बचाउन सकिएपछि पछिल्ला वर्षहरुमा त्यति मेहनत गर्नु पर्दैन ।

७.  वाली संकलनः
वीउबाट उमारेर लगाएका बोटहरुले करिब ७/८ वर्षमा फल दिन सुरु गर्दछन् भने कलमीबाट तयार गरी लगाईएका विरुवाहरुले ४÷५ वर्षमा नै फल दिन सुरु गर्छन् । १०÷१५ वर्ष राम्ररी हुर्केको एउटा बोटबाट ३००–४०० दाना फलहरु (अर्थात् २००–२५० कि. ग्रा तौल) प्राप्त गर्न सकिन्छ ।





Send Business Enquiry Now»

Comments (0)Add Comment

Write comment

busy
 

भर्खरैको समाचार

Ayurveda Health Camp gets crowded
आइतवार, 19 जून 2011
KATHMANDU, Nepal June 20, 2011: An intensive one day free health camp was successfully completed at Harisiddi, Lalitpur recently. The camp was... Read more...

समाचारपत्र सदस्यता