Ayurnepal.com

Nepali Language (Nepal)English (United Kingdom)

खयर

इमेल Print पीडीएफ


बैज्ञानिक नाम ( ल्याटिन नाम) :             एकासिया क्याटेचु      (Acacia catechu Willd.)
संस्कृत नामः                                    खदिर
अन्य  नामः                                नेवारीमा “हिखयो”
वनस्पति परिवारः                                लेगुमिनोसी  (Leguminosae)


१. परिचय
खयरको बोट नेपाल अधिराज्यको मधेश , तराई र पहाडी दुनहरुको नदीका किनारामा पाईन्छ । खयर एक मझौला कदको रुख हो । साधारण विरुवाको गोलाई ०.६ देखि ०.९ मीटर र अग्लाई २.४८ देखि ३.२ मि. सम्म हुन्छ । तर अनुकुल वातावरणमा यसको फेदको गोलाई १.५ मीटर र ६ मीटरसम्म अग्ला हुन्छन् । हरेक आँख्लाबाट एकवटा संयुक्त पात निस्केको हुन्छ । अण्डावृत आकार भएका स–साना १ मिलिमिटर चौडाई र ३ मिलिमिटर लम्बाई भएका कुड्के पातहरु २० देखि ५० जोडीसम्म पल्हाएका हुन्छन् । कुड्के पातहरु र काण्डलाई मसिना झुसले ढाकेको हुन्छ । फूलको रंग पहेंलो र एउटै डाँठमा धेरै फुलेका हुन्छन् । यो विरुवाको बोक्रा गाढा खैरो रंगको र भित्री काठको रंग रातो हुन्छ ।


२. खेती
खयर खेतीको लागि नतिउष्ण जलवायुका स्थान आवश्यक पर्दछ  । खयरको खेती यसको बीउबाट गरिन्छ । बीउ ड्याङ्गमा रोपिन्छ । साना विरुवाको लागि प्रशस्त घाम र पानीको अत्यन्त आवश्यकता हुन्छ । वर्षको दुई तीन पल्ट खेतलाई मलजल सहित गोडमेल गरेमा वर्षभित्र रुखको अग्लाई १.५ देखि १.६ मी. सम्म ठूलो हुन्छ । नेपाल अधिराज्यको तराई क्षेत्रका नदी किनारा वरपरका स्थानहरुमा यसको खेती गर्नु उपयुक्त हुन्छ ।


३. संकलन
२०–३० वर्ष पुरानो अन्दाजी ०.६ मी. गोलाई भएको रुख काट्न लायकको हुन्छ । खयरको गुण यसको वर्ष र मोटाईमा भर पर्दछ । सबैभन्दा पहिले रुख ढालिन्छ र ०.६ देखि ०.९ मी. लम्बाई पारी टुक्रा टुक्रा गरी काटिन्छ । बोक्रा झिकेर फालिन्छ । काठको भित्री भागको रंग रातो हुन्छ । यसलाई अन्दाजी २.५ स्क्वायर सेन्टीमिटर साईजमा सानो सानो टुक्रा गरी काटिन्छ । यी टुक्राहरु माटोको भाँडामा १२ घण्टासम्म् पानीसँग उमालिन्छ । बाक्लो झोल भएपछि काठको बाकसमा खन्याई चिसो पारिन्छ । यसरी खयर वा कथ्था तयार गरिन्छ । काठको तौलमा औसत ३–१० % सम्म खयर उत्पादन हुन सक्दछ ।


४. संरक्षण
काठको बाकसमा जमेको खयरलाई टुक्रा टुक्रा पारी घाममा वा छहारीमा सुकाइन्छ । राम्ररी सुकिसकेका टुक्राहरुलाई बोरामा राम्ररी बाँधी ओभानो ठाउँमा राख्नुपर्दछ ।


५.  उपयोगिता
आयुर्वेदिय पद्धति अनुसार खयर अनेक रोगहरुमा उपयोग गरिन्छ । पाचन शक्ति बढाउन र अतिसारलाई निकै फाईदा गर्दछ । घाउ , खटिरा , बाथ तथा मर्केको जोर्नीहरुमा लेप लगाउन पनि यसलाई प्रयोग गरिन्छ ।





Send Business Enquiry Now»

Comments (0)Add Comment

Write comment

busy
Last Updated ( मंगलवार, 03 फेब्रुअरी 2009 09:48 )  

पंचकर्म

पंचकर्म बारे जानकारी, स्नेहन, स्वेदन, बमन, बिरेचन, बस्ति, शिरोधरा आदि

जडिबुटी चिकित्सा

जडिबुटी चिकित्साबारे विभिन्न जानकारी जानकारी 

प्रकृति

रोग र प्रकृति को सम्बन्ध, प्रकृति को प्रकार, प्रकृति अनुसार आहारा बिहार आदि 

सौंदर्य उपचार

सौंदर्य उपचार र आयुर्वेदको सम्बध

ध्यान

Herbs have long held an important place in the
treatment of ailments....

त्रिदोष सिद्दान्त

आयुर्वेदमा त्रिदोष, वात, पित्त, कफ, रोग उत्पत्तिमा त्रिदोष भूमिका आदि .

पंचनिदान

आयुर्वेदमा रोग पत्ता लगाउनका लागि प्रयोग गरिने पाँच आधारभूत सिद्दान्त

धातु चिकित्सा

आयुर्वेद मा धातु चिकित्सा, रसशास्त्र, चिकित्सामा प्रयोग हुने धातुहरु

रोगी परीक्षा

आयुर्वेदमा रोग पत्ता लगाउन का लागि बिरामी मा गरिने ८, १० परीक्षा बिधि

षड् क्रियाकाल

रोग को सुरुवाती अवस्था देखि अन्त्य सम्म शरीरमा देखिने लक्षण बारे जानकारी


Online Consultation


भर्खरैको समाचार

Ayurveda Health Camp gets crowded
आइतवार, 19 जून 2011
KATHMANDU, Nepal June 20, 2011: An intensive one day free health camp was successfully completed at Harisiddi, Lalitpur recently. The camp was... Read more...

समाचारपत्र सदस्यता