Ayurnepal.com

Nepali Language (Nepal)English (United Kingdom)

आमवात (बाथ)

इमेल Print पीडीएफ


आमावात वा बाथ एकप्रकारको जोर्नी सम्बन्धि रोग हो । यस रोगमा विशेष गरेर हात र खुट्टाका जोर्नीहरु दुख्ने, सुन्निने, जोर्नी चलाउन असजिलो हुने र पछि गएर काम गर्न नसक्ने हुन सक्छ । यस रोगमा शरीरलाई बाहिरी आक्रमणबाट बचाउन प्रयोग हुने शरीरको प्रतिरक्षा प्रणालीमा खराबी आई आफ्नै शरीरका कोषलाई पराई ठानेर आक्रमण गर्न पुग्दछ । यसरी आफुआफुमा लडाइ हुदा जोर्नी दुख्ने र सुन्निने हुन्छ । आयुर्वेदमा यस रोगको उत्पत्ति अग्नि (जसले खानालाई शरीरले ग्रहण गर्न सक्ने रुपमा परिवर्तन गर्दछ ) को विकृतिबाट अन्नको सहिरुपमा परिवर्तन नहुदा शरीरमा विकृत पदार्थ आम वा विषको रुपमा सञ्चित हुन्छ । जुन रगतको माध्यमबाट शरीरभरी फैलिदै जोर्नीमा गएर बस्छ र रोग उत्पन्न गर्छ भनिएको छ ।

कारण
खास कारण अज्ञात
कहिले बढी परीश्रम , कहिले अती आराम  ।
चिल्लो पदार्थहरु खाएर उत्तिनै खेर आराम गर्नु ।
यसरी अनीयमित रुपमा काम गर्नु ।

लक्षण
सवै जिउ कक्रिएको अनुभव हुन्छ ।
शरीर भारी भएको अनुभव हुन्छ ।
खाएको पच्दैन, जोर्नी दुख्छ
हात र गोडा का जोर्नीहरु दुखन थाल्छ ।
यसको दुखाई बिच्छीले टोकेजस्तो पोल्ने हुन्छ ।

औषधि उपचार

    रोगीलाई उपवास गराउनु पर्छ ।
    तातो बालुवा कपडा मा बेरी सुन्निएको ठाउमा सेक्नु पर्छ ।
    पञ्चकोल १५ ग्राम १ लि पानीमा पकाई दिनभरी खानु पर्छ ।
    आमवातरि रस, विषतुण्डिवटि, महायोगराज गुग्गुल, महारास्नादि काडा लगायतका औषधि दिन सकिन्छ ।
    जार्नीहरु दुखेको ठाउमा आमवातारी तेल, वातारी तेलले मालीस गर्नु पर्छ । हल्का हातले मालीस गर्नुपर्छ ।

पथ्य
    जौ, गहत , कोदो , बेथे , करेलो , पर्वर , अदुवा , लससुन , तातोपानी ।

अपथ्य

    दही , माछा , मासको दाल , चिसो पानीले नुहाउनु , दिउसो सुत्नु ।





Ask a Doctor Online Now»

Comments (1)Add Comment

Write comment

busy
Last Updated ( आइतवार, 11 अप्रेल 2010 14:13 )  

पंचकर्म

पंचकर्म बारे जानकारी, स्नेहन, स्वेदन, बमन, बिरेचन, बस्ति, शिरोधरा आदि

जडिबुटी चिकित्सा

जडिबुटी चिकित्साबारे विभिन्न जानकारी जानकारी 

प्रकृति

रोग र प्रकृति को सम्बन्ध, प्रकृति को प्रकार, प्रकृति अनुसार आहारा बिहार आदि 

सौंदर्य उपचार

सौंदर्य उपचार र आयुर्वेदको सम्बध

ध्यान

Herbs have long held an important place in the
treatment of ailments....

त्रिदोष सिद्दान्त

आयुर्वेदमा त्रिदोष, वात, पित्त, कफ, रोग उत्पत्तिमा त्रिदोष भूमिका आदि .

पंचनिदान

आयुर्वेदमा रोग पत्ता लगाउनका लागि प्रयोग गरिने पाँच आधारभूत सिद्दान्त

धातु चिकित्सा

आयुर्वेद मा धातु चिकित्सा, रसशास्त्र, चिकित्सामा प्रयोग हुने धातुहरु

रोगी परीक्षा

आयुर्वेदमा रोग पत्ता लगाउन का लागि बिरामी मा गरिने ८, १० परीक्षा बिधि

षड् क्रियाकाल

रोग को सुरुवाती अवस्था देखि अन्त्य सम्म शरीरमा देखिने लक्षण बारे जानकारी


Online Consultation


भर्खरैको समाचार

Ayurveda Health Camp gets crowded
आइतवार, 19 जून 2011
KATHMANDU, Nepal June 20, 2011: An intensive one day free health camp was successfully completed at Harisiddi, Lalitpur recently. The camp was... Read more...

समाचारपत्र सदस्यता