Ayurnepal.com

Nepali Language (Nepal)English (United Kingdom)

काठमाडौँमा स्थापना आयुर्वेद अनुसन्धान केन्द्र हुने

इमेल Print पीडीएफ
चिनियाँ सहयोगमा निर्माण हुने आयुर्वेद अनुसन्धान केन्द्रको परियोजना डिजाइनका लागि आज बिहान नेपालपक्ष र चिनियाँ पक्षबीचमा हस्ताक्षर भएको छ । आयुर्वेद विभागको कार्यालय टेकुमा भएको हस्ताक्षरमा नेपालका तफबाट आयुर्वेद विभागका महानिर्देशक डा. ठाकुरराज अधिकारीले हस्ताक्षर गर्नुभएको छ । त्यसैगरी चिनियाँ पक्षको तफबाट चिनियाँ दूताबासको इकोनोमी काउन्सिलरका प्रथम सचिव काङ्ग चुनले हस्ताक्षर गर्नुभएको छ ।

आज हस्ताक्षरित सम्झौतापत्रमा उल्लेख भए अनुसार परियोजना डिजाइन आउँदो डिसेम्बर महिनाको दोस्रो हस्ताबाट सुरु हुनेछ । काठमाडौँको कीर्तिपुरको 35 रोपनी क्षेत्रफलमा आयुर्वेद अनुसन्धान केन्द्रको निर्माण हुनेछ । परियोजनामा पचास करोड रुपैयाँभन्दा बढी चिनियाँ सहयोगबाट प्राप्त हुनेछ ।

परियोजनाका सम्पर्क अधिकारी डा. हरिश्चन्द्र शाहले सि.आर.आई.लाई बताउनु भए अनुसार परियोजना कार्य प्रारम्भ भएको बीस महिनाभित्रमा निर्माण पूरा हुनेछ । परियोजना क्षेत्रभित्र आयुर्वेदिक अनुसन्धान तथा अध्ययनका लागि अत्याधुनिक प्रयोगशाला पनि बनाइनेछ । यसका साथै आयुर्वेद उत्पादन तथा प्रशोधन केन्द्र, विश्वविद्यालय स्तरको अध्ययन अध्ययापन तथा उपचार पद्धत्तिसमेत परियोजना स्थलमा स्थापना गरिनेछ ।

परम्परागत चिनियाँ उपचार पद्धत्तिविश्वमै प्रख्यात मानिएको छ । परम्परागत चिनियाँ उपचार पद्धत्तिमा आयुर्वेदलाई उच्च प्राथमिकता दिइन्छ जसले गर्दा उपचार पद्धत्तिअपनाउँदा कुनै पनि प्रत्युत्पादक असर देखिँदैन । नेपालमा पनि आयुर्वेद उपचार पद्धत्तिपरम्परादेखि नै प्रचलनमा आएको भए पनि यसलाई व्यवस्थित गर्ने तथा जटिबुटीको व्यापक प्रयोग गर्न सकिएको छैन । अब चिनियाँ सहयोगबाट निर्माण हुने यस परियोजनाबाट भने नेपाली आयुर्वेद उचार पद्धत्तिले पनि नयाँ काँचुली फेर्न आशा गरिएको छ ।

चेतनाथ आचार्य

सि.आर.आई.

काठमाडौँ

Comments (1)Add Comment

Write comment

busy
Last Updated ( शुक्रवार, 15 जनवरी 2010 04:32 )  

पंचकर्म

पंचकर्म बारे जानकारी, स्नेहन, स्वेदन, बमन, बिरेचन, बस्ति, शिरोधरा आदि

जडिबुटी चिकित्सा

जडिबुटी चिकित्साबारे विभिन्न जानकारी जानकारी 

प्रकृति

रोग र प्रकृति को सम्बन्ध, प्रकृति को प्रकार, प्रकृति अनुसार आहारा बिहार आदि 

सौंदर्य उपचार

सौंदर्य उपचार र आयुर्वेदको सम्बध

ध्यान

Herbs have long held an important place in the
treatment of ailments....

त्रिदोष सिद्दान्त

आयुर्वेदमा त्रिदोष, वात, पित्त, कफ, रोग उत्पत्तिमा त्रिदोष भूमिका आदि .

पंचनिदान

आयुर्वेदमा रोग पत्ता लगाउनका लागि प्रयोग गरिने पाँच आधारभूत सिद्दान्त

धातु चिकित्सा

आयुर्वेद मा धातु चिकित्सा, रसशास्त्र, चिकित्सामा प्रयोग हुने धातुहरु

रोगी परीक्षा

आयुर्वेदमा रोग पत्ता लगाउन का लागि बिरामी मा गरिने ८, १० परीक्षा बिधि

षड् क्रियाकाल

रोग को सुरुवाती अवस्था देखि अन्त्य सम्म शरीरमा देखिने लक्षण बारे जानकारी


Online Consultation


भर्खरैको समाचार

Ayurveda Health Camp gets crowded
आइतवार, 19 जून 2011
KATHMANDU, Nepal June 20, 2011: An intensive one day free health camp was successfully completed at Harisiddi, Lalitpur recently. The camp was... Read more...

समाचारपत्र सदस्यता