Ayurnepal.com

Nepali Language (Nepal)English (United Kingdom)

निःशुल्क पढाउँदै आयुर्वेद शिक्षा

इमेल Print पीडीएफ
दोलखा, फाल्गुन २० - जिल्लामा आयुर्वेद शिक्षाबारे चेतना फैलाउन निवृत्त कविराज २ वर्षदेखि गाउँकै विद्यालयमा निःशुल्क पढाइरहेका छन् ।
लामीडाँडा गाविसस्थित हिलेपानी संस्कृत माविमा आयुर्वेद विषय त्यहीँका ७० वषर्ीय मुक्तिनाथ घिमिरेले पढाउँदै आएका हुन् । कविराज घिमिरेले दुईवटा कक्षा नियमित लिँदै आएका छन् । 
३० वर्षभन्दा बढी जागिरे जीवनपछि उनकै पहलमा उक्त कक्षा सञ्चालन भएको हो । उनी हरेक दिन विद्यालय जान्छन् । विद्यालय व्यवस्थापन समितिले पारिश्रमिक दिने निर्णय गरे पनि उनले मानेन् । प्रधानाध्यापक महेश्वर ढुंगेलका अनुसार घिमिरेलाई मासिक ५ हजार दिने प्रस्ताव गरिएको थियो । 'त्यो लिनु भएन, बरु सकुन्जेल निःशुल्क सेवा गर्ने वाचा गर्नुभयो,' उनले भने ।
जिल्लाको उत्तरी गाउँको उक्त विद्यालयमा द्वन्द्वका बेला संस्कृत विषयको पढाइ भने बन्द गरिएको थियो । ०५८ सालदेखि पढाउन छाडिएको संस्कृत विषय पुनः सुरु गरिएको छ भने आयुर्वेद विषयसमेत थपिएको छ । यस वर्ष २१ विद्यार्थीले आयुर्वेद विषयमा एसएलसी दिँदै छन् । ढुंगेलका अनुसार ५१ मध्ये २१ विद्यार्थीले यो विषय रुचाएका हुन् ।
घाउचोट र जीउ दुखेको औषधि आफैंले बनाएर प्रयोग गरेको र निको पनि भएको अनुभव सुनाउँदै एलएलसीको तयारीमा रहेका सरोधन नेपालीले आयुर्वेद विषय चाखपूर्ण भएको बताए । यो विषय अध्ययन गर्ने कामी, दमाई, क्षेत्री र बाहुन छन् । ६० प्रतिशत छात्रा छन् ।
लामीडाँडा, लापिलाङ र बाबरे तीन गाउँलाई 'संस्कृतग्राम' बनाउने महत्त्वाकांक्षी योजनामा समेत सक्रिय घिमिरे आयुर्वेदलाई रोजगारमूलक शिक्षा भन्न रुचाउँछन् । गाउँ वरपरकै वृक्षबाट जीवन उपयोगी औषधि बनाउन सकिने विद्या फैलाउने अभियानमा आफू जुटेको उनले बताए ।
धरानमा संस्कृत सिकेर आयुर्वेद क्याम्पसमा दुई वर्ष पढेपछि ०३१ सालदेखि कविराजको जागिरमा प्रवेश गरेका उनले ०५९ मा पदबाट राजीनामा दिए । त्यसपछि उनी लगातार संस्कृत र आयुर्वेद शिक्षा फैलाउन गाउँमै सक्रिय छन् । आयुर्वेद अध्ययन गराउने हिलेपानी जिल्लाकै एकमात्र विद्यालय हो ।
Comments (1)Add Comment

Write comment

busy
Last Updated ( शुक्रवार, 15 जनवरी 2010 04:17 )  

पंचकर्म

पंचकर्म बारे जानकारी, स्नेहन, स्वेदन, बमन, बिरेचन, बस्ति, शिरोधरा आदि

जडिबुटी चिकित्सा

जडिबुटी चिकित्साबारे विभिन्न जानकारी जानकारी 

प्रकृति

रोग र प्रकृति को सम्बन्ध, प्रकृति को प्रकार, प्रकृति अनुसार आहारा बिहार आदि 

सौंदर्य उपचार

सौंदर्य उपचार र आयुर्वेदको सम्बध

ध्यान

Herbs have long held an important place in the
treatment of ailments....

त्रिदोष सिद्दान्त

आयुर्वेदमा त्रिदोष, वात, पित्त, कफ, रोग उत्पत्तिमा त्रिदोष भूमिका आदि .

पंचनिदान

आयुर्वेदमा रोग पत्ता लगाउनका लागि प्रयोग गरिने पाँच आधारभूत सिद्दान्त

धातु चिकित्सा

आयुर्वेद मा धातु चिकित्सा, रसशास्त्र, चिकित्सामा प्रयोग हुने धातुहरु

रोगी परीक्षा

आयुर्वेदमा रोग पत्ता लगाउन का लागि बिरामी मा गरिने ८, १० परीक्षा बिधि

षड् क्रियाकाल

रोग को सुरुवाती अवस्था देखि अन्त्य सम्म शरीरमा देखिने लक्षण बारे जानकारी


Online Consultation


भर्खरैको समाचार

Ayurveda Health Camp gets crowded
आइतवार, 19 जून 2011
KATHMANDU, Nepal June 20, 2011: An intensive one day free health camp was successfully completed at Harisiddi, Lalitpur recently. The camp was... Read more...

समाचारपत्र सदस्यता