Ayurnepal.com

Nepali Language (Nepal)English (United Kingdom)
Ayurveda Training

विशेष जानकारी
  • Pause
  • Previous
  • Next
1/8
 

सातौँ तह आयुर्वेद चिकित्सकको रूपमा ०६० मङ्सिरमा सेवा प्रवेश गर्नुभएका डा. सन्तोषकुमार ठाकुर अहिले सिंहदरबार वैद्यखाना विकास समितिको प्रबन्ध निर्देशक हुनुहुन्छ । रौतहट जिल्ला मत्सरी गाउँ विकास समिति वडा नम्बर ६ स्थायी घर भएका डा. ठाकुर नेपाल सरकार मन्त्रिस्तरीय निर्णयानुसार ०६६ असार २९ गते उक्त पदमा नियुक्त हुनुभएको हो । सेवा प्रवेशको छोटो अवधिमै प्रबन्ध निर्देशकजस्तो जिम्मेवार पदमा पुग्न सफल हुनुभएका उहाँ आयुर्वेद चिकित्सालाई सबै चिकित्सा पद्धतिको मार्गनिर्देशकको रूपमा परिभाषित गर्नुहुन्छ । सरकारी उपेक्षाका कारण आयुर्वेदप्रति आकर्षण घटेकाले यसको व्यापक प्रचारप्रसारको आवश्यकता औल्याउनुहुने डा. ठाकुरसँग कुमार विवेकानन्द मिश्र द्वारा गरिएको कुराकानीको सारसङ्क्षेप प्रस्तुत छ ः

 

-) प्रबन्ध निर्देशक जस्तो जिम्मेवार पदमा पुग्दा कस्तो अनुभव भइरहेको छ ?

०० वर्तमान सरकार र विशेष स्वास्थ्यमन्त्री उमाकान्त चौधरीले मलाई विश्वास गरेर यो पदमा नियुक्त गर्नुभएको छ । यो पदमा पुग्दा खुसी हुनु स्वाभाविक हो तर जुन विश्वास र उद्देश्यका साथ मलाई यो पदमा नियुक्त गरिएको हो, सरकार र स्वास्थ्य मन्त्रालयको त्यो उद्देश्यलाई म पुरा गर्नेछु ।

-) सिंहदरबार वैद्यखानाको अवस्था के छ ?

०० वैद्यखानाको अवस्था राम्रै छ । ३६२ वर्ष पुरानो इतिहास बोकेको यो संस्थाले गुणस्तरयुक्त आयुर्वेदिक औषधिहरू उत्पादन तथा बिक्री-वितरण गर्दै आएको छ । गुणस्तरीय उत्पादन नै यसको आधारशीला हो । प्राचीनतम् इतिहास बोकेको यो संस्थालाई सरकारी सहयोग र प्रोत्साहनको आवश्यकता छ ।

-) आयुर्वेद औषधिको मागलाई वैद्यखानाले आपूर्ति गर्न सकेको छ त ?

०० होइन, अहिले पनि करिब ८० प्रतिशत आयुर्वेद औषधि विदेशबाट आपूर्ति भइरहेको छ ।

-) त्यसो भए २० प्रतिशत मात्र स्वदेशी उत्पादन भइरहेको छ त ?

०० हो, सिंहदरबार वैद्यखाना तथा विभिन्न स्वदेशी निजी कम्पनीको उत्पादनले करिब २० प्रतिशत मात्र औषधि आपूर्ति भइरहेको छ । विदेशी आयातलाई रोक्न सकिन्छ । त्यसका लागि सरकारी प्रयासको खाँचो छ ।

-) मुलुकको आवश्यकतालाई सिंहदरबार वैद्यखानाले पूरा गर्न सक्छ कि सक्दैन ?

०० सिंहदरबार वैद्यखाना मुलुकमा आवश्यक आयुर्वेद औषधि उत्पादन तथा विक्रीवितरण गर्न सक्षम छ तर आर्थिक ऐन र नियमले गर्दा स्वतन्त्र रूपले काम गर्न नपाएकोले कच्चा पदार्थको खरिद तथा पर्याप्त मात्रामा उपलब्ध हुन सकेको छैन । भौतिक पूर्वाधारका लागि सरकारी अनुदान उपलब्ध हुन सकेको छैन ।

-) हाम्रो मुलुकमा प्रशस्त जडिबुटी छ तर पनि विदेशबाट आयुर्वेद औषधि आयात गर्नुपर्ने बाध्यता छ किन ?

०० प्राकृतिक सम्पदाको खानी छ हाम्रो मुलुकमा, प्रशस्त जडिबुटी छ तर विडम्बना वैद्यखानालाई उपलब्ध हुन सकेको छैन । जस्तै मृगको सिङ्गरस बजारमा उपलब्ध छ, कस्तुरी र रक्त चन्दनजस्ता जडिबुटी बजारमा सहजै उपलब्ध हुन्छ तर हामीलाई प्राप्त गर्न धेरै गाह्रो छ । जडिबुटी नै उपलब्ध नभएपछि कसरी उत्पाद गर्ने त?

-) उपलब्धताको लागि के गर्नु पर्छ त ?

०० उदाहरणको लागि अफिम र चरेश पनि औषधिका लागि उपयोगी हुन्छतर प्रहरीले अफिम र चरेस समातेपछि जलाएर नष्ट गर्छ । वन विभागले पनि मृग, कस्तुरी र रक्तचन्दनजस्ता जडिबुटी बरामद गर्छ । ती जडिबुटीहरू विनाउपयोग नष्ट भएर जान्छ । यदि सहुलियत दरमा ती जडिबुटीहरू सरकारले वैद्यखानालाई उपलब्ध गराइदिए औषधि उत्पादनमा सहयोग पुग्थ्यो ।

-) त्यसका लागि सम्बन्धित निकायसँग किन कुरा गर्नुहुन्न त ?

०० म केही दिन अघि मात्र प्रबन्ध निर्देशकमा नियुक्ति भएको हुँ । वैद्यखानाको लागि आवश्यक भौतिक पूर्वाधार, औषधि उत्पादनका लागि आवश्यक सबै सामग्री उपलब्ध गराउन सम्बन्धित निकायहरूमा पहल गर्नेछु । यसबाट सिंहदरबार वैद्यखानालाई मात्र फाइदा छैन, सर्वसाधारण जनता लाभान्वित हुने र मुलुकको अर्थतन्त्रमा समेत सकारात्मक सहयोग हुनेछ ।

-) सिंहदरबार वैद्यखानाको सम्भावना के देख्नुहुन्छ तपाईं ?

०० होइन, ३६२ वर्ष पुरानो सिंहदरबार वैद्यखाना मुलुकको ऐतिहासिक धरोहर हो । यसलाई सरकारले सहयोग, प्रोत्साहन र निरन्तर निगरानी गरेर जोगाइराख्नुपर्छ । यो संस्थालाई एसियाकै औषधि निर्माणशालाको रूपमा विकसित गर्न सकिन्छ । आयुर्वेद तथा जडिबुटीको अनुसन्धान केन्द्र एवं शैक्षिक थलोका रूपमा विकास गर्न सकिन्छ । सरकारले अनुदान सहयोगको व्यवस्था गरे देशकै बढी आय आर्जन गर्ने संस्थाको रूपमा विकसित हुनसक्छ ।

-) जडिबुटी खेतीतर्फ सरकार वा कृषकको खासै ध्यान पनि गएको छैनन नि ?

०० मैले भने नि सरकारले यो क्षेत्रलाई सदुपयोग गरे मुलुकको अर्थतन्त्रमा सकारात्मक सहयोग हुनसक्छ । जडिबुटी खेतीतर्फ कृषकहरूलाई आकषिर्त गराउनुको साथै आवश्यक तालिम, सुविधा प्रदान गरिनुपर्छ । क्षेत्रीयस्तरमा जडिबुटी सङ्कलन एवं प्रशोधन केन्द्र खोली बेरोजगार युवाहरूलाई परिचालित गर्न सकिन्छ ।

-) अहिलेसम्म नियुक्त प्रबन्ध निर्देशकमध्ये तपाई सबैभन्दा कम उमेरका हुनुहुन्छ । तपाईंले कसरी यो संस्थालाई अगाडि लिएर जानुहुन्छ त?

०० हो-हाँस्दै), अहिलेको २१औँ शताब्दीमा उमेरभन्दा पनि विचार, बुद्धि, नवीनतम् सीप र ज्ञानको महìव बढी छ । म यो संस्थालाई अगाडि बढाउन र सफलतातर्फ उन्मुख गराउन प्रतिबद्ध छु । कर्मचारी, प्राविधिक, मन्त्रालयलगायत सबैको सकारात्मक सहयोग पाउने मलाई विश्वास छ । सबैको सहयोगले विगतभन्दा मेरो अवधिमा यो संस्था केही सुदृढ र परिवर्तन हुन्छ । á

Comments (3)Add Comment

Write comment

busy
 

रोग र  उपचार

आयुर्वेदमा भएका बिभिन्न रोगहरु र त्यसका समाधानहरु

घरेलु उपचार

घरेलु औषधी र तिनिहरुको प्रयोग बिना साइड इफेक्ट र केमिकल रिआक्सन 

सेक्स र आयुर्वेद

घरेलु औषधी र तिनिहरुको प्रयोग बिना साइड इफेक्ट र केमिकल रिआक्सन

ब्यूटी टिप्स

घरेलु औषधी र तिनिहरुको प्रयोग बिना साइड इफेक्ट र केमिकल रिआक्सन

जडीबुटी औषधी

घरेलु औषधी र तिनिहरुको प्रयोग बिना साइड इफेक्ट र केमिकल रिआक्सन

योग र ध्यान

घरेलु औषधी र तिनिहरुको प्रयोग बिना साइड इफेक्ट र केमिकल रिआक्सन


Online Consultation

Sex and Ayurveda

Sex in Ayurveda, Natural and Herbal Aphrodisiacs for men and Women; Sex related problems and their management..
Read More...

Feminine Zone

Oral hygiene; Eye, Skin and Hair Care; Beauty tips; Female related problems and their ayurvedic management..
Read More...

Ayurnepal Videos

Collection of best yoga, pranayam, Panchkarma and ayurveda videos, ayurveda news; learn step by step yoga...
Read More...


भर्खरैको समाचार

Ayurveda Health Camp gets crowded
आइतवार, 19 जून 2011
KATHMANDU, Nepal June 20, 2011: An intensive one day free health camp was successfully completed at Harisiddi, Lalitpur recently. The camp was... Read more...

समाचारपत्र सदस्यता