Ayurnepal.com

Nepali Language (Nepal)English (United Kingdom)

तेजपात


बैज्ञानिक नामः सिन्नामोमम् तमाला (Cinnamomum tamala Nees and Eberm.)
संस्कृत  नामः वहुगन्ध , विज्जुला , तमलापत्र
वनस्पति परिवारः लरेसी (Lauraceae)



१. परिचय
नेपाल अधिराज्यको महाभारत पर्वतीय श्रृंखलामा समुद्री सतहबाट १०० मि. देखि २,५०० मी. उच्च क्षेत्रमा तेजपातको जंगल विद्यमान छ । यो एक सदावहार ठूलो झ्याम्म परेको रुख हो । यही रुखको पातलाई तेजपात भनिन्छ र बोक्रालाई दालचिनी भन्ने पनि नेपालमा चलन छ । तेजपातको लम्बाई १० देखि १४ से. मि. सम्म हुन्छ । पातको आकार अण्डाकृत वा भालाकृत र रौं नभएको हुन्छ । पातको माथिल्लो सतह चिल्लो , चम्केको र तल्लो सतह फुस्रो हुन्छ । फूलहरु सेता र एकै झुप्पामा फुलेका हुन्छन् । यस रुखको बोक्रा दालचिनीको रुपमा बेचिन्छ । यो १.२ से.मी. बाक्लो र फिक्का कैलो रंगको हुन्छ । भित्री भाग बाहिरी भन्दा अलि गाढा रंगको हुन्छ ।


२. खेती
यस विरुवाको खेती बीउबाट गरिन्छ । बीउ ब्याडमा लगाइन्छ र २ देखि ३ हप्तामा बीउ अंकुरण हुन्छ । ६ महिना पछि २ से.मी.को फरकमा खेत अथवा आलीमा रोपिन्छ । विरुवा अक्सर गरेर भाद्र /आश्विनमा सारिन्छ । विरुवाको हाँगाहरु काटी गाड्नाले पनि नयाँ विरुवा तयार हुन्छ । वर्षको २ देखि ४ पटकसम्म गोडमेल गरिनु पर्दछ । दुई वर्षपछि विरुवा २ मी. देखि ३ मी. सम्म अग्लो हुन्छ र बोक्रा १.२ से.मी. देखि ५.० से.मी. सम्मको मोटाईको हुन्छ र बाली निकाल्न लायकको हुन्छ ।
नेपालको निम्न जिल्लाहरुमा यसको खेती गर्न सकिन्छ ः
तेहृथुम , ताप्लेजुङ्ग , पाँचथर , धनकुटा , मोरङ्ग , सुनसरी , संखुवासभा , लमजुङ्ग , कास्की , स्याङ्जा , पाल्पा , रुपन्देही , अर्घाखाँची , गुल्मी , काठमाडौं (इचंगु) इत्यादि ।


३. संकलन
वर्षमा एक पटक ( असोजदेखि चैत्रसम्म ) रुखको हाँगाहरु भाँचेर झिकिन्छ । हरेक हाँगाबाट तेजपात संकलन गरिन्छ । बाँकी हाँगाहरुलाई १ मि. को टुक्रामा काटिन्छ । बोक्र्रा निकालिने हाँगाहरुलाई एउटा कडा काठले दली रगडिन्छ र परालमा लपेटी २४ घण्टासम्म राखिन्छ । बोक्रा बाफिएर खुकुलिन्छ र झिक्न सजिलो हुन्छ । बोक्रा सुकेपछि कोप्रिदै जान्छ । एक कोप्रो बोक्रा अर्को कोप्रो बोक्रा भित्र राखिन्छ । राम्ररी सुकेपछि सल्फर डाई अक्साईड द्धारा रंग केही फिक्का बनाई बजारमा बिक्रिको लागि तयार गरिन्छ । बीचको हाँगाबाट निकालिएको बोक्रा सबभन्दा असल , टुप्पोको कमसल र फेदको सबभन्दा कमसलको हुन्छ । प्रत्येक ३ वा ४ वर्षको विरुवाबाट २० देखि २५ के. जी. सम्म बोक्रा उत्पादन हुन सक्दछ । यो उत्पादन क्षमता १० वर्षसम्म बढ्दै जान्छ र प्रत्येक विरुवाबाट करीब ६० देखि ८० के.जी. बोक्रा उत्पादन हुन सक्दछ ।


४. संरक्षण
संकलन गरिएको तेजपात तीन दिन घाममा र तीन दिन छाँयामा सुकाइन्छ । राम्ररी सुकेको तेजपात र दालचिनीलाई ओभानो ठाउँमा बोरामा बाँधी थन्काईन्छ ।


५. उपयोगिता
तेजपात र दालचिनीको स्वाद सुवासिलो र मीठो हुन्छ र यसलाई अधिकतम मसलाको रुपमा प्रयोग गरिन्छ । दालचिनी सुगन्धित पार्न र उत्तेजक र वायुशमन गर्न उपयोग गरिन्छ । यसले बमन र वाक वाक रोक्दछ । बोक्रामा ०.५ –१ प्रतिशत सम्म तेल हुन्छ । यो तेल दाँतको औषधीको रुपमा प्रयोग हुन्छ ।





Send Business Enquiry Now»

Comments (0)Add Comment

Write comment

busy

Related news items:

 

भर्खरैको समाचार

Ayurveda Health Camp gets crowded
आइतवार, 19 जून 2011
KATHMANDU, Nepal June 20, 2011: An intensive one day free health camp was successfully completed at Harisiddi, Lalitpur recently. The camp was... Read more...

समाचारपत्र सदस्यता