Ayurnepal.com

Nepali Language (Nepal)English (United Kingdom)

विष


बैज्ञानिक नाम( ल्याटिन नाम) :     आकानाईटम स्पाइकाटम        (Aconitum spicatum (Bruhl) Stapf)
संस्कृत  नामः विष
अन्य  नामः विष
वनस्पति परिवार : Ranuncutaceae


परिचय
यो विरुवा नेपालको हिमाली भेकमा ६०० – ३००० मिटरको उचाईमा खुल्ला ढुङ्गा भएको ठाउँमा पाइन्छ । यो विरुवा १.५ मिटर सम्म अग्लो हुन्छ । यस विरुवाको पातको आकार गोलाकार , मृगौलाकार , अण्डाकार भए पनि पातको किनारा विभिन्न प्रकारले च्यातिएको र छिया छिया परेको हुुन्छ । फूल फुल्ने बेलामा सबभन्दा तल्लो ५ देखि ८ पातहरु झरि सकेका हुन्छन् । विचको र माथिल्लो पातहरु झ्याम्म परेका हुन्छन् । पातको भेट्नो लामो हुन्छ । विरुवाको माथिल्लो भागमा धेरै फूलहरु झुप्पा फूलेका हुन्छन् । यसो हेर्दा यो विरुवा A ferox जस्तै देखिने भएता पनि यसका फूलहरु धेरै संख्यामा गुचुमुचु परेर डाँठको टुप्पामा खाँदिएको हुन्छ । A ferox का फूलहरु थोरै संख्यामा हुन्छन् । फूलको आकृति हेर्दा लामाहरुले अथवा पादरीहरुले धर्म गर्दा लगाउने टोपीको आकार संग मिल्दो जुल्दो हुनाले अंग्रेजीमा मंकस हुडार( Monks hood) भन्ने चलन छ । विरुवाको माथिल्लो भागको पातको काखीबाट फूलहरु पलाएको हुन्छ र विरुवाको माथिल्लो टुप्पामा १० देखि १२ वटा फूलहरु खुकुलो झुप्पामा मिलेका हुन्छन् ।

यो विरुवाको जडीबुटीमा प्रयोग हुने भाग हो । गानोहरु दुईवटा जोल्टीएका हुन्छन् । यसको आकार सानो गाजरको जस्तो हुन्छ । यसको गानो १० देखि २० सेन्टिमिटर सम्म लामो र १.५ देखि ३ सेन्टिमिटर सम्म चौडा हुन्छ । यसको रङ्ग गाढा खैरो अथवा कालो हुन्छ र गानोबाट जराहरु निस्किएका हुन्छन् ।


खेतीः
यो विरुवाको खेती गर्ने चलन छैन । प्रकृत स्थानबाट यसको संकलन गरिन्छ , तर विगत केही वर्षदेखि यसको खेती गर्ने प्रयास गरेको छ । विषका नयाँ गानोहरुलाई छुट्टाएर रोपेमा नयाँ  विरुवा उम्रन्छ र विउबाट पनि उम्रन्छ । यसको खेती सेती अन्चल , डोटी जिल्लाको खप्तड लेकमा २५०० मिटर उचाईका पाखामा थालिएको छ ।

संकलनः
वीउ राम्ररी पाकि सकेपछि मात्र यसको जरा संकलन गर्नु पर्दछ । यो खास गरेर शरद ऋतुमा संकलन गरिन्छ ।

सुकाउने र संरक्षणः
संकलन गरिएका जरालाई पानीमा राम्ररी धोएर घाममा सुकाउनु पर्छ । सुकेको जरालाई बोरामा हाली हावा लाग्ने ठाउँमा जमिनमा नछुवाइकन झुण्डाइन्छ ।

उपयोगिताः
आयुर्वेदिक पद्धति अनुसार विषलाई गाईको मुत्र अथवा दुधमा शोधन गरी सकेपछि प्रयोग गरिन्छ । यो बाट कफ , घाँटी दुखेको , ज्वरो , पित्त , फोक्सो र आन्द्राको रोगमा प्रयोग गरिन्छ ।

१. मृगोलाधार               Reniform       
२. अण्डाकार                Ovate       
३. फूलहरु झुप्पामा फूलेको    Recemose    
४. गाजर जस्तो आकार       Conical





Send Business Enquiry Now»

Comments (0)Add Comment

Write comment

busy
 

भर्खरैको समाचार

Ayurveda Health Camp gets crowded
आइतवार, 19 जून 2011
KATHMANDU, Nepal June 20, 2011: An intensive one day free health camp was successfully completed at Harisiddi, Lalitpur recently. The camp was... Read more...

समाचारपत्र सदस्यता