अम्लपित्तलाई आजकल ग्याष्ट्रिकको रुपमा जानिन्छ । विभिन्न कारणबाट आमशय तथा आमाशयबाट निस्कने रसमा विकृति भएमा यो रोग लाग्दछ ।
कारण
सममा भोजन नगर्नु ।
अमिलो , पिरो , नुनीलो र बासी खाना सधै खानु ।
लामो समयसम्म नदुख्ने औषधिको सेवन गरेमा
अत्यधिक तथा मसालादार खाना खानु
रक्सी, कफी तथा चुरोटको अत्याधिक सेवन गरेमा
मानसिक तनाव, अनिद्रा
आमाशयमा संक्रमण तथा अन्य रोग लागेमा
लक्षण
खाएको कुरा नपच्नु
जिउ गल्नु ।
वाकवाकी हुनु ।
मुखबाट तितो र अमिलो पानी आउनु ।
डकार आउनु ।
छाति घॉटी पोल्नु ।
खाने मन नगर्नु ।
ओषधि उपचार
अम्लपित्त रोगमा पहिले वमन र विरेचन गराउनुपर्छ । वमनका लागि तातोपानीमा नुन मिसाई खान दिनुपर्छ । विरेचनाका लागि त्रिफला चुर्ण ६ ग्राम राति सुत्ने बेलामा पानीस“ग खान दिनुपर्छ । अविपतिकर चुर्ण पनि दिन सकिन्छ ।
प्रवाल भस्म २५० मि. ग्रा. अथवा मुक्ता पिष्टी १२५ मि.ग्रा. बिहान बेलुका महस‘ग दिनुपर्छ ।
यसबाहेक अम्लपित रोगमा निम्नलिखित ओषधिहरुको प्रयोग आवश्यकता अनुसार गर्नुपर्छ सूतशेखर रस, अम्लपित्तान्तक लौह, त्रिफला मण्डुर , कामदुघा रस, लीला विलास रस, धात्री लौह, शतावरी घूत, प्रवालपम्चामृत आदि ।
पथ्य
जौ , गहु , धानको लावाको सातु ,पर्वर, करेलो , घिरौलाको तरकारी, अमला ,अनार, नरीवल, दूध यी कुरा खान सकिन्छ ।
अपथ्य
नया चामल, दालहरु, अमिलो, पिरो, तेल, दहि, तिल, नुनिलो कुरा मह ।
Ask a Doctor Online Now»






