दरबारमार्गका केबी तामाङ, २६, ले चार महिनाअघि चाखे यार्चागुम्बा । आफ्ना घनिष्ट साथीसँगै बसेर वर्षौंदेखिको उत्सुकता मेटे उनले । खासै नया“ अनुभव भएन । तर, उनका साथीचाहि“ बिरामी परे । भन्छन्, "उसलाई त नर्भिक अस्पताल नै भर्ना गर्नुपर्यो ।"
सा“झ छिप्पिन लाग्दा दुइ भाइ मात्रै बसेर का“चै -प्रशोधन नगरिएको) यार्चाको स्वाद लिएको केबी सम्झन्छन् । उनी अनुभव गर्न खोज्दै थिए भने साथीचाहि“ सम्भावित नतिजाले उत्तेजित बन्दै थिए । उत्सुकता मेटिएपछि साथीलाई छोडेर केबी घर फर्किए । तर, राती नै उनलाई अस्पतालबाट खबर आयो । भन्छन्, "साथीको मुटुको धड्कन अचाक्ली बढेछ ।" उनलाई चाहि“ सुपारी खाएजति पनि भएन रे!
नया“ पुस्ताका युवकयुवतीहरू यार्चाको कुरा गर्न लाज मान्छन् । यौनशक्तिवर्द्धक टनिकका रूपमा हिमाली जडीबुटी यार्चागुम्बाको चर्चा अकासिएकाले नै उनीहरू खुल्न नसकेका हुन सक्छन् । सायद केबी तामाङलाई यही कुराले यार्चातिर तानेको थियो ।
शक्तिवर्द्धक भिटामिन पाउने उपाय धेरै छन् । आयुर्वेदिक, होमियोपेथिक, एलोपेथिक र प्राकृतिक उपचार विधिहरू पनि छ्यापछ्याप्ती छन् । तर, आजसम्म यौनशक्ति बढाउनका लागि कुनै पनि भिटामिन र्सवमान्य हुन सकेको छैन । र्सवसाधारणको पहु“चमा नभए पनि यार्चाको सकारात्मक प्रचार-प्रसारले यसप्रति सबैको ध्यानाकर्षा भएको छ । यार्चागुम्बा चियाको बिक्री यसको गतिलो प्रमाण हो ।
यस वर्षबहुमूल्य जडीबुटी यार्चागुम्बा टिप्न गएका दुइ जनाको प्राण गयो । जुम्ला तातोपानीका मनजिते कामी, २५, र रुकुम गोताम-६ का हिरे थापा, १५, दुवै चिसो र लेक लागेर मरे । डोल्पाका विद्यालयहरू यार्चा टिप्ने सिजन भएकाले बन्द छन् । कुनै गैरसरकारी संस्थाले टिप्ने ठाउ“मा नै घुम्ती विद्यालय चलाएको छ ।
राजधानीमा स्नातक तहमा अध्ययनरत गौरव ढकाल, १९, यार्चागुम्बा टिप्न जा“दा गाउ“ रित्तिएको र सयौ“ विद्यालय बन्द भएको समाचार पढ्दा अचम्मित हुन्छन् । बरु उनलाई यार्चाको खास कामचाहि“ थाहा छैन । उनले पनि यो यौनशक्तिवर्द्धक टनिकभन्दा बढी बुझ्न बा“की रहेछ । भन्छन्, "हिमालमा तीन सय रुपिया“जति र काठमाडौ“मा प्रतिगोटा चार सय रुपिया“जति पर्छ क्यारे †" किलोको आठदेखि १२ लाख रुपिया“ पर्ने भर्खरै थाहा पाएका छन् गौरवले ।
बहुमूल्य यार्चागुम्बाका बारेमा सुन्दासुन्दा कुमारीपाटी ललितपुरका मनिष तोदी, २०, को मनमा पनि छुट्टै किसिमको कौतूहल जन्मिएको छ । उनी पत्रिकामा खोजी खोजी पढ्छन् यार्चा । तर, इन्टेरियर डेकोरेसनको पसल सञ्चालन गरेर बसेका मनिषले अहिलेसम्म यार्चा देखेका छैनन् । भन्छन्, "टेलिभिजन र पत्रपत्रिकामा मात्र देखेको छु ।" विश्व आदर्श उच्च माविमा कक्षा ११ मा पढ्दै गरेकी दीपा बस्नेत, १७, ले पनि यार्चागुम्बा देखेकी छैनन् । त्यसो त उनले यसबारेमा सुन्न थालेको पनि भर्खरै हो । उनले जति जानेकी छन्, त्यो टेलिभिजन र साथीभाइस“गको कुराकानीबाट मात्र हो ।
सञ्चारमाध्यमले यार्चागुम्बालाई भिटामिनका रूपमा बुझाएका छन् । जुन भिटामिनले शरीरका हरेक अङ्गमा जोस र शक्ति दिन्छ । दीपाले बुझेको यार्चा यत्ति नै हो । भन्छिन्, "मल्टीभिटामिन भएका कारण यसको माग र चर्चा भएको होला ।" तर, यो भिटामिनको माग कहा“ होला - दीपालाई जानकारी छैन । भन्छिन्, "नेपालीहरूले यति मह“गो कुरो पक्कै खान सक्दैनन्, त्यसैले पठाउने त विदेशमै होला ।"
१२ कक्षा सकेका शिव ओझा, १९, लाई अझ जवाफ फेला पारेका छन् । भन्छन्, "यसपटक त धेरैजसो चीन गइरहेको छ ।" उनको भनँइमा यसै वर्षहुने ओलम्पिक खेलमा प्रथम हुने तयारीमा छ आयोजक राष्ट्र चीन । त्यसैले ऊ खेलाडीलाई सबै हिसाबले दक्ष बनाउन चाहन्छ । यस्तो जानकारी कमै तन्नेरीलाई थाहा छ ।
कुराकानीका क्रममा भेटिएका ११ जनामध्ये आधाले वनस्पति तथा केहीले जीवका रूपमा परिभाषित गरे । त्यसैगरी केहीले चाहि“ वनस्पति तथा जीव दुवैको 'फ्युजन' रहेको बताए । वैज्ञानिकहरू पछिल्लो परिभाषामा सहमत छन् । भक्तपुरका भास्कर उप्रेती, १८, को विचारमा पनि यार्चागुम्बा जीव र वनस्पतिकै मिलन हो ।
यार्चागुम्बाबारे युवाहरूले धेरथोर जानकारी राखेका छन् । तर, उनीहरूले यसलाई सामान्य औषधि वा भिटामिनका रूपमा मात्रै चाहि“ लिएका छैनन् । कतिपयले यार्चागुम्बा चिया चाखेका छन् । १२ कक्षाको अध्ययन सकेर सीए पढ्ने निहु“मा विदेशिन लागेका भास्कर भन्छन्, "चिया पनि केटाहरूले लुकीचोरी मात्रै चाखेका छन् । किनभने, थाहा पाउनेले गलत अर्थमा बुझ्छन् ।"

Ayurveda Health Camp gets crowded