Ayurnepal.com

Nepali Language (Nepal)English (United Kingdom)

Ayurveda Blog

Post your article
Apr 20

जुसको जञ्जाल

Posted by: nirmalgyanwali in Ayurveda Print PDF
Tagged in: Untagged 
घ्यू कुमारीको जुस खाए उच्च रक्तचापसहितका मुटुसँग सम्बन्धित समस्या मधुमेह,
 पायल्स, बाथ, युरकिएसिडलगायतका जोर्नीसँग सम्बन्धित रोग निको हुन्छ भन्ने विज्ञापनबाट काठमाडौँ-३४, जागृतिनगर निवासी धनबहादुर केसी प्रभावित भए । मधुमेह रोगले आक्रान्त केसी टेलिभिजनमा उक्त विज्ञापन हेरेको भोलिपल्टै उक्त घ्यूकुमारीको जुस बिक्री गर्ने सिनामङ्गलस्िथत रोबियस इन्टरनेस्ानल प्रालिको कार्यालयमा पुगे । त्यहाँ कार्यरत कर्मचारी मन्दिरा शर्माले घ्यूकुमारीको जुस खाए मधुमेह नियन्त्रणमा आउने बताएपछि करबि छ हजार रुपियाँमा तीन बोतल एलोभेरा भनिने उक्त जुस किनेर खान सुरु गरे । रोग नियन्त्रणमा आउनु त कता हो कता, १ सय ३४ बाट मधुमेहको मात्रा बढेर ३ सय ५८ पो पुग्यो । केसी भन्छन्, "दुई लिटर जुस खाँदा उल्टै कम्ाजोरी महसुस भयो । खुट्टा गल्ने, खोकी लाग्ने, आँखाको ज्योति कमजोर हुँदै ज्वरो आउन थाल्यो । त्यसपछि एक महिना ओछ्यान परेँ ।" जुस खान छाडेको एक महिनापछि उनको मधुमेहको मात्रा घटेर फेर ि१ सय ५० को हाराहारीमा आइपुग्यो ।
त्यसपछि लौरो टेकेर हिँड्न सक्ने भएका केसीले गलत विज्ञापन दिएर ठगी गरेको आरोप लगाउँदै क्षतिपूर्ति र रोबियस इन्टरनेस्ानललाई कारबाहीको माग गर्दै औषधि व्यवस्था विभागमा उजुरी दिए । उक्त एलोभेरा जुस औषधि व्यवस्था विभागमा दर्ता नभएको पाइएपछि विभागले जुस निर्यात गर्ने रोबियस इन्टरनेस्ानलका सञ्चालकसँग बयान लिए । विभागका अधिकृत नवीनकुमार श्रेष्ठका अनुसार बयानका क्रममा रोबियसका सञ्चालकले उक्त जुस खाद्यान्नका रूपमा नेपाल भित्रिएको जिकिर गरेका थिए । जुस आयात गर्दा गुणस्तर परीक्षण नभएको पाइएपछि अक्टोबर १ देखि विभागले विज्ञापनमा बन्देज लगाउँदै उक्त मुद्दा खाद्य तथा गुणस्तर नियन्त्रण विभागमा पठाएको थियो । खाद्यान्न्ाका रूपमा विदेशबाट ल्याइने खाद्य सामग्रीसमेत दर्ता र गुणस्तर प्रमाणित गरेर ल्याउनुपर्नेमा उक्त जुस खाद्य तथा गुणस्तर नियन्त्रण विभागमा समेत दर्ता छैन ।
केसी मात्र होइन, विभिन्न रोग निको हुन्छ भनेर महँगो मूल्य तिरेर जुस खानेहरू रोग निको नभएपछि पछुतो गर्न थालेका छन् । नेपाल पत्रकार महासङ्घको केन्द्रीय कार्यालयमा कार्यरत शेषनाथ खतिवडा भन्छन्, "ग्यास्िट्रक निको हुन्छ भनेर चार बोतल जुस खाएँ तर रोग बीसको उन्नाइस पनि भएन ।" उता मीनभवनकी निमिता केसीलाई पनि त्यस्तै समस्या पर्‍यो । टाउको दुख्ने समस्याबाट मुक्ति पाइएला भनेर एलोभेराको दुई लिटर जुस खाए पनि उल्टो असर गरेको निमिताको गुनासो छ । 
रोबियसका अध्यक्ष सन्तोष तामाङ भने घ्यूकुमारीको जुस नै खाएर केसीको मधुमेह बढेको भन्ने प्रमाण नभएको दाबी गर्छन् । भन्छन्, "हालसम्म ४० हजार नेपालीले सेवन गरे पनि कतैबाट गुनासो आएको छैन ।


औषधि व्यवस्था विभागको आग्रहमा विज्ञापन भने रोकिएको उनको भनाइ छ । उद्योग वाणिज्य विभाग र आन्तरकि राजस्व कार्यालयमा दर्ता भएको रोबियस इन्टरनेस्ानलले स्वदेश र विदेशमा उत्पादित सामान खरदि-बिक्री गर्न सक्ने उल्लेख छ । तीन वर्षमा रोबियसले ७०-८० हजार लिटर जुस बिक्री गरेर १ करोड ५० लाख रुपियाँभन्दा बढी राजस्व तिरसिकेको अध्यक्ष तामाङको दाबी छ ।
औषधि नै हो भनेर आफूहरूले जुस नबेचेको दाबी अध्यक्ष तामाङले गरे पनि रोबियसले विभिन्न सञ्चारमाध्यममार्फत प्रसारति तथा प्रकाशित गरेको विज्ञापनमा घ्यूकुमारीको जुस -एलोभेरा जुस) खाँदा ग्यास्िट्रक, अल्सर, एसिडिटी, कब्जियतलगायतका पेटसँग सम्बन्धित सम्पूर्ण समस्या समाधान हुने उल्लेख छ । उक्त जुस सेवन गर्दा महिनावारी, पाठेघरलगायतका महिलाहरूको समस्या, किड्नी, लिभर, पत्थरी, रक्तअल्पता, बोनम्यारो साथै नसाको समस्या, मोटोपन र यौन दुर्बलता हटाउने मात्र होइन, बच्चाको उचाइ र स्मरणशक्ति बढाउने दाबी गर्दै विज्ञापन गरएिको छ । अमेरकिाको टेक्सासमा उत्पादित र भारतमा प्याकिङ् गरएिको घ्यूकुमारीको जुस औषधि सेवन गररिाखेका बिरामी र स्वस्थ जीवन चाहने जोसुकैले पनि खान सकिने रोबियस इन्टरनेसनलद्वारा प्रकाशित विज्ञापनमा उल्लेख छ ।
खाद्य तथा गुणस्तर नियन्त्रण विभागका प्रवक्ता चन्द्र सुब्बा कानुनको अभावले त्यो औषधि हो कि खाद्यान्न भन्ने अन्योल भएको बताउँछन् । भन्छन्, "सर्वसाधारणलाई झुक्याउने खालको भएकाले विज्ञापन प्रकाशन/प्रसारणमा रोक लगाइएको हो ।" औषधि व्यवस्था विभाग, खाद्य तथा गुणस्तर नियन्त्रण विभाग र आयुर्वेदिक औषधालयको समन्वयमा जुस सम्बन्धमा अध्ययन गर्ने कार्य भइरहेको सुब्बाको भनाइ छ । रोबियसका अध्यक्ष तामाङले आफूले आयात गरेको उक्त जुस 'फुड सप्लिमेन्ट्री'मा पर्ने बयान दिए पनि हालसम्म त्यसलाई पुष्टि गर्ने कागजात ल्याउन नसकेको विभागले जनाएको छ । घ्यूकुमारी जुसले रोग निको हुने विज्ञापनतर्फ सङ्केत गर्दै धुलिखेल अस्पतालका चिकित्सक सुमनराज ताम्राकार केही रोगलाई फाइदा पुर्‍याए पनि त्यसले बढीजसो रोग निको पार्न नसक्ने बताउँछन् । भन्छन्, "अलि बढाइचढाइ विज्ञापन गरएिको छ ।"
केसीले जुस सेवन गरेर बिरामी परेको उजुरी गरेको दुई महिना बितिसक्दा पनि विभागले जुसको गुणस्तर परीक्षण गराएको छैन । जनस्वास्थ्यजस्तो संवेदनशील विषयमा परेको उजुरीमाथि कारबाही हुनु त परै जाओस्, त्यसको गुणस्तर परीक्षणसमेत हुन नसक्नु सरकारको लाचारीपन भएको बताउँछन्, उपभोक्ता जनहित संरक्षण मञ्चका सचिव नेत्र धिताल । भन्छन्, "यदि गलत विज्ञापन दिएर ठगी गर्ने प्रयास भएको हो भने सरकारले सम्बन्धित मुख्य बिक्रेताउपर कानुनी कारबाही गर्नैपर्छ ।

पेशल आचार्य

source: www.ekatnipur.com

Comments (0)Add Comment

Write comment

busy

Ayurveda Tags