Ayurnepal.com

Nepali Language (Nepal)English (United Kingdom)

Ayurveda Blog

Post your article
Jan 06

नाडी छामेर रोग पत्ता लगाउने अचम्मका डाक्टर बाबा

Posted by: charak in Ayurveda Print PDF
Tagged in: Untagged 

केही समय अगाडी हामी चार जना साथीहरु भेडेटार घुम्न गएका थियौँ । त्यहाँबाट फर्कने बेलामा धरानमा बराह क्षेत्र नजिकै रहेको थाहा पायौ । सधैं घुम्नको लागि फुर्सद पनि नहुने, त्यहाँसम्म आइपुगेको बेला बराहक्षेत्र पनि पुगिहालौं न त भनेर बराह क्षेत्र गयौं । एकदिन हामि बराह क्षेत्रमा नै बस्यौँ ।

 

भोलिपल्ट म बिरामी भएं । विहानै बान्ता र पेट असाध्यै दुख्ने भयो । त्यहाँ वरिपरि अस्पताल पनि रहेनछ । त्यहाँकै मान्छेले चतरा बजारमा मेडिकल भएको बताए । चतरा आएर त्यहीको एक मान्छे लाई सोध्दा त्यहाँपनि अस्पताल नभएको बताए । तिनै व्यक्तिले कृष्णराज महाराज जीको मा जान सल्लाह दिए र उहाँले आयुर्वेदिक औषधिको प्रयोग बाट तु निको पार्नुहुन्छ भने । त्यहाँबाट धरान पुग्नु अझै १ घण्टा जति लाग्ने थियो । मलाई पेट अति नै दुखिराथ्यो , फेरि बीचमा ३ पटक बान्ता पनि भएको थियो, त्यसैले पहिला त्यहि व्यक्तिले भनेको ठाउँमा जाने निर्णय ग¥यौ । मैले त्यहाँ आयुर्वेदिक अस्पताल होला भन्ने सोचेको थिएँ, तर त्यस्तो कुनै अस्पताल होइन रहेछ । त्यहाँ रहेको होडिङ्ग बोर्डमा “ जगद्गुरु रामानन्दाचार्य सेवा पिठ” लेखिएको थियो । हामी पुग्दा त्यहाँ १४–१५ जना मानिसहरु पनि उपचारकै लागि आएका रहेछन् । नाम लेखाएर पालो कुर्नु पर्ने रहेछ । साथिहरुले मेरो नाम लेखाईदिए । त्यहाँ खुलामञ्च जति ठाउँमा वरिपरि बाँसले बाँध लगाएर ति बाबाले आफ्नो आश्रम बनाएका रहेछन् । त्यहाँ एउटा कोण प्रकारको सुन्दर घर थियो । आउँदाखेरि त्यसैलाई मैले अस्पताल सम्झेको थिए । त्यो चाहिं तिनै बाबाको बस्ने घर रहेछ । त्यहाँका मान्छे त्यसलाई गुरुकुरी भन्दा रहेछन् । अरु ३–४ वटा छाप्रो जस्ता कच्चि घरहरु थिए । तिनै मध्ये एउटा चाहि बिरामीहरुको उपचार गर्ने ठाउँ रहेछ । पेट त असाध्ये दुखिराथ्यो तर पनि १ घण्टै पालो कुर्नुप¥यो । त्यतिन्जेल त्यहाँका मान्छेले बाबाका बारे अचम्मका कुरा सुनाए । जुन हामिले जीवनमा कहिल्यै सुनेका थिएनौ । ति बाबाले केहीबर्ष अगाडि त्यही ठाउँमा ९ दिनसम्म खाल्डोमा पुरिएर तपस्या गरेका थिए रे, त्यो पनि बिना अक्सिजन रे । अनि ति बाबाले नाडी छामेरै बिरामीको सबै रोग पत्ता लगाउन सक्छन् रे । ति बाबाले एड्स, क्यान्सर, पक्षघात जस्ता रोगको पनि उपचार गरेर निको बनाएका छन् रे । अर्को रमाइलो कुरा केही बर्ष अगाडी माओवादी अध्यक्ष प्रचण्डले भैसी पुजा गरेको ठाउँ त्यही रहेछ । त्यसबेला त्यहाँ भव्य आयुर्वेद शिविर चलेको रहेछ । त्यहाँ आउने बाटोमा एउटा राम्रो घर देखेका थियौं, त्यो चाहिं नेपालका जगद्गुरु बालसन्त महाराजको रहेछ । र तिनै बालसन्त महाराजले नै ति बाबालाई त्यहाँ ल्याउनुभएको भन्थे । कृष्णदास बाबाको बारेमा त्यति धेरै अकल्पनिय कुराहरु सुनिरहदाँ उहाँलाई भेट्ने कौतुहल भइराथ्यो । बिचमा मलाई पहिला चेक गराउने व्यवस्था मिलाए । मसँगै अरु तिनै जना साथिहरु प्नि भित्र आए । भित्र पुग्दा त्यहाँ ५ जना व्यक्तिहरु थिए । २ जना खाटमा पलेटिमारेर बसेका थिए २ जना मेचमा र १ जना गुन्द्रिमा , मेचमा बसेको १ जना विरामी र तल बसेका तिनकै मान्छे रहेछन् । अर्को मेचमा १ मधेसि मुलका व्यक्ति थिए । खाटमा बसेका १ कृष्णदास बाबा हुन भने र चिन्न गाह्रो भएन बाहिर बोर्डमा उनको फोटो थियो र तल श्री श्री १००८ डा. कृष्णदास महाराज जी लेखिएको थियो । अर्को उनिभन्दा अलि बुढा रहेछन् उनी बाबाको गुरु रहेछन् । ति मधेसी मुलका व्यक्ति आयुर्वेदिक डाक्टर रहेछन् । सँगै सिरकमा भएको विरामीको ती डाक्टर र अर्का गुरुले चेकिङ्ग गर्दै थिए । अघि नाम लेखाएको पर्चामा मेरो ठेगाना काठमाडौ लेखिएको थियो । ति कृष्णादास बाबाले काठमाडौ आउनुभएको भनेर सोधे । मैले हनुर भनें । उनले त हामीलाई काठमाडौबाटै त्यहाँ उपचार गराउन आएको सम्झेछन् । हुन पनि त्यहाँ उपचार गराउन टाढा टाढाबाट मान्छेहरु आउने रहेछन् । के भएर आउनुभएको ? भनेर उनले अर्को प्रश्न सोधे । मैले पेट असाध्यै दुखिराछ भने । एउटा साथीले बान्ता गरेको ग¥यौ छ भनेर थपिदियो । उनले पहिला पनि यस्तो हुन्थ्यो भनेर सोधे । मैले अँ कहिलेकाही भने । त्यसपछि उनले मेरो नाडी समाते । दिसा कस्तो छ ? खाना के खानुभयो ? पेट पोलेको छ कि छैन ? जस्ता सामान्य प्रश्नहरु सोधे त्यही अनुसार उत्तर दिए । अर्को सिरको बिरामी पनि त्यस्तै चेकिङ्ग भइराथ्यो डाक्टर राम्ररी नेपाली बोल्न नसक्ने रहेछ । भारतिय हो कि भन्ने शंका लाग्यो , अर्का गुरु विरामीको नाडी समातेर रोग विचार गर्दै थिए । त्यो विरामी चाँहि आफुलाई बेलाबेलामा टाउको दुख्छ भन्दै थियो । बिचमा कृष्णदास बाबाको फोन आयो ५–६ मिनेट जति कुरा गरे, कुनै व्यक्तिलाई के कामहो पैसा दिन सक्दिन भनेर चर्केर कुरा गर्दै थिए , पछि फोन काटिदिए । मेरो नाडीमा ध्यान लगाए ३–४ मिनेट पछि भने तपाइको आन्द्रामा घाउ हुन लागेको छ । सुरुवाति अवस्था छ । ३–४ महिना लगातार औषधि सेवन गरेमा निको हुन्छ । यो कुरा उनले नाडि हेरेको भरमा भनेका थिए । अर्को विरामीको पनि त्यस्तै तरिकाले रोग भनियो । उनको रोग चाहिँ सामान्य चिन्ता आदिले भएको रे तर असर भने भएङ्कर हुन सक्छ रे । पछि कृष्णदास बाबाले नै सँगैको व्यक्तिलाई आफ्नो गुरु भएको बताए । र उनलाई पनि मेरो नाडी चेक गर्न भने । उनले पनि बाबाकै कुरामा सही थपे र अझ अङ्कुसे जातका जुकाहरुले आन्द्रामा घाउ बनाएको रे । उनले भएको औषधिमा कृमिध्न बटी र विडंगारिष्ट भन्ने औषधि थपिदिन भने । अर्को विरामीलाई डाक्टरले केहि औषधि लेखिदिए र केही योग गर्न सिकाएर पठाए । “महाराज जी, नाडी चेक गरेर शरीरको सबै रोग पत्ता लाग्छ त ? अरु मान्छेहरुले ति बाबालाई महाराज ज ीभने र सम्बोधन गरेकोले मेरो साथीले पनि त्यसैगरी सोध्यो । त्यसपछि बाबाले नाडी परिक्षाको बारेमा बताए । नाडी परिक्षा भन्ने कुरो रावणले सुरु गरेका अरे । जस्तो पायो त्यस्तै व्यक्तिले नाडि परिक्षा सिक्नै सक्दैन अरे । नाडि परिक्षा ज्ञान अनुभव र साधनबाट हुन्छ रे । यस्तै यस्तै । अर्का गुरुले पनि थपिदिए नाडी परिक्षा बाट थाहा नहुने संसारमा कुनै रोग नै छैन रे । अनि नाडी परिक्षाबाट शरिरको एक एक केमिकलको बारेमा थाहा पाउन सकिन्छ अरे ।

 

अरु ३ जना मान्छे भित्र पसे । ३ जनाले नै पालैपालौ दुवैलाई ढोगे । एक जना बिरामी लाई गुरुकै अगाडि राखि अरु भुइमा बसे । अर्को साथीले फेरि प्रश्न सोध्यो यस्तो नाडी परिक्षाको ज्ञान कहाँ सिक्न पाइन्छ ? महाराज जी । त्यसपछि बाबाले भने मैले भारतको बनारस हिन्दु विश्वविद्यालय बाट एम.डि. गरेको हुँ तर त्यहाँ नाडि परिक्षको नभएर आयुर्वेदिकको ज्ञान लिए । आनि नाडि परिक्षको कामचाहिँ विशिष्ट गुरुहरुबाट लिएको रे । उनका गुरुहरु मध्ये एक चाहि संगै रहेको व्यक्ति हुन् भने । उनी चांही नयाम् बिरामीको नाडी समातिरहेको थिए । पछि उनले आफ्नो सोच बताए । त्यो ठाउँमा आयुर्वेद विश्वविद्यालय बनाउने रे , सँगै एउटा धार्मिक क्रान्ति गर्ने रे । काठमाडौको क्षेत्रपाटिमा नेपालको मात्र नभएर एसियाकै ठूलो आयुर्वेद अस्पताल बनाउने रे र त्यस्को सुरुवात पनि भएसक्यो रे । पछि पर्चा दिदै भने एक महिनाको लागि औषधी लानु भने । एक महिना पछि फेरि चेक गर्न आउनु भने , एउटा साथीले फेरि काठमाडौँबाट त्यहाँसम्म आउन त गाह्रो पर्छ भने समस्या व्यक्त ग¥यो । पछि कृष्णदास बाबाले

 

काठमाण्डौंमा नै औषधि मगाउदा हुन्छ भनेर पर्दा पछाडि जिनु भन्ने व्यक्तिको नाम र नम्वर लेखिदिए । अर्कोपटक काठमाण्डौं मा नै भेट्न आउँनु भनेर आफ्नो भिजिटिङ्ग कार्ड र त्यहाँको वारेमा लेखिएको एउटा पम्प्लेट पनि दिए । त्यसपछी हामी सवै विदा भएर निस्कियौं ।

 

मलाइ केहिपर रुखको फेदीमा राखेर २ जाना साथीहरु ऋौषधि लिन गए । मसँग भएको अर्को साथीले “कस्तो लाग्दो ?” भनेर सोध्यो । “खै कस्तो कस्तो” भने । त्यहाँ वरिपरि अरु मान्छेहरु पनि थिए, ति कृष्णदरज बाबा र उनका कुराहरु । मैले यसअघि खरानि घसेका, कमण्डलु वोकेर माग्दै हिड्ने बाबाहरु देखेको थिएँ, रामदेव बाबा जस्ता योग सिकाउने बाबाहरु देखेको थिए, भागन्त पुराण वाचन गर्ने बाबाहरु देखेको थिए, कि आस्था टि.भि.मा प्रवचन गर्ने बाबाहरु देखेको थिए तर त्यस्तो नाडी छामेर उपचार गर्ने बाबाहरुको बारेमा कहिल्यैं सुनेको पनि थिइन । ति बाबा अरु बाबा भन्दा निकै फरक थिए । उनको शरीरमा खरानी घसेको थिएन, नत कमण्डलु बोकेकानै थिए । लामो दाह्रि जुंगा पाले पनि उनी २५–४० बर्ष भन्दा माथिको दखिदैन थिए । निधारमा सानो गोलो रातो टिका मात्र लगाएका थिए । अचम्मको कुरा उनको गालामा त सुनका सिक्रिहरु थिए, हातमा सुनकै व्रासलेट । उनको मोवाइल पनि विदेशी जस्तो लाग्थ्यो । उनको कुराको त के कुरा गर्नु । उनले मेरो नाडी छामेर मेरा के चेक गरे नै थाहा पाइन ।

 

केहिबेर त्यहीं रहेका अरु मान्छेसँग कुरा ग¥यौं । भित्र रहेका डाक्टरको नाम कन्हैयालाल रहेछ । भारतिय आयुर्वेदिक डाक्टर रहेछन् । अनि अर्को कृष्णदास बाबाको पनि गुरु, उनको नाम चाहि राधा बिहारी महाराज झै कुरा गर्दै थियौं साथीहरु आएर औषधि त रु.६३५० को पो भन्छन् । के गर्ने, के गर्ने भयो । केहिवेर औषधि लिने कि नलिने भनेर सल्लाह गा¥यौं । वान्ता हुन राकिए पनि , मलाई पेट अझै दुखिराथ्यो, फेरि औषधि निकालेर ठिक परिसकेका रहेछन् । पेट दुखेको भइहाल्छ कि भनेर लिने नै भयौं । औषधि लिंदा फेरि चकित प¥यौं । एउटा सिसिको विडंगारिष्ट भन्ने सिंहदरवार वैद्यखानको रहेछ, अर्को कृमिध्न वटी भन्ने डावर कम्पनिको रहेछ । बाँकि ४ वटा चाहि लक गर्न मिल्ने प्लास्टिकमा प्याक गरेको, नाम पनि मार्करले लेखेको, न डेट छ, नकम्पनिको नाम छ , न कतिको हो भन्ने मूल्य नै छ । औषधि दिने मान्छेले नै कुन औषधि कसरी खाने भनेर वताइदियो । दुइटा महमा खानुपर्ने रे, मह पनि लिनैप¥यो । ३ वटा पानिसँग रे । एउटा चाँहि मिनिरल वाटर १ वोत्तलमा घोलेर राख्ने रे , अनि २–२ विर्को ३ पटक खाने रे । यसरी औषधि खाने तरिका पनि त्यहीँ माात्र सुनियो । एउटा साथीले विल वनाइदिनुस् भनेको त विल पनि छैन पो भन्छन् । औषधि केहि खाएर खप्नु पर्ने भएकाले चनरा वजार अयौं । अलिकति खाजा खाए र ति हौषधिहरु भ्ने अनुसारनै खाए । औषधि खायको ५ मिनेट जति पछि त फेरी वान्ता भइहाल्यो । पेट पनि दुखिराकै थियो ।

 

यटिखेर सम्म हामी सबैलाई थाहा भइसकेको थियो कि हामी जानाजान ठगियौं । पछि धरान आयौं । एउटा साथीसंग

 

ब्त्ः कार्ड रहेछ, पैसा निकालेर वि.पि. अस्पताल गयौं । त्यहाँको डक्टरले चाँहि “फूड पोइजन, हुन सक्छ भने । अघिल्लो रात वराह क्षेत्रमा त्यहींको छयाङ्गर वङ्गगुरको मासु खाएका थियौं । कृष्णदास बाबाले सोध्दा चाहि त्यहाँ त्यस्तो कुरा के भन्नु भनेर भनेको थिइन, फेरी उनले हामी काठमाण्डौंबाट आएको पो सम्झेका थिए । नाडी परिक्षाबाट शरीरको एक एक केमिकल थाहा पाउने भए त्यो पनि त थाहा पाउनुपथ्र्यो । पछि डक्टरले एउटा इन्जेक्सन दिए, ३ वोत्तल सलाइन दिए र केहि औषधिहरु पनि दिए, ३–४ घण्टा पछि चाँहि पेट दुख्न विस्तारै कम भयो र त्यसपछि वान्ता पनि भएन । त्यस दिन धरानमा नै लजमा वस्यौंं । त्यसदिन तिनै कृष्णदास बाबाको भन्दा अरु कुरै भएन, भोलिपल्ट काठमाण्डौंं फर्कियौं । फर्केर काठमाण्डौं आइपुग्दा सम्म पनि हामी विच तिनै कृष्णदास बाबा र त्यहीँको वारेमा मात्र क’रा भयो । काठमाण्डौं आएर फेरि चेक गराएं, न मेरो आन्द्रामा घाउ रहेछ, न कुनै जुका । एक जना आयुर्वेदिक डक्टरलाई भेटेर त्यहाँको वारेमा, कृष्णदास बाबाको वारेमा वताएं र नाडी परिक्षको वारेमा वुझ्न खोजें । ति बाबाको वारेमा त ति डक्टरले पनि सुनेका रहेछन् । त्यो ठाउँमा शिविर हुदाँ गएकी एकजना महिला डक्टरले उनलाई सुनाएकी थिइन् भन्नु भयो । नाडी परिक्षा भन्ने कुरा चाँहि आयुर्वेदमा वर्णन भए पनि व्यवहारिक नभएको वताउनु भयो । मैले त्यहाँ जचाउँदा दिएको औषधि लेखेको पर्चा पनि देखाएं । त्यो एउटा साधा कागजमा लेखिएको थियो, फेरि त्यसमा बाबाले अरु डक्टरले औषधि लेखेपछी गर्ने हस्ताक्षर पनि गरेका थिएनन् । मैले भटेको डक्टरले त्यहाँ लेखेको दुइटा औषधि चांहि जिवनमा कहिल्यै नसुनेको वताए । अर्को भेटमा त्यहाँबाट ल्याएको औषधिहरु नै देखाउछु भनेर विदा भए ।

हामीलाई पक्का भएको थियो कि हामी ठगिएका थियौं । ति कृष्णदास भन्ने बाबाले यस्तो डक्टरी गर्न थालेको ३–४ वर्षे भएको थाहा पाएका थियौं । भतिबेलासम्म कति नेपाली जनता ठगिए होला भनेर हामीले अनुमान गर्न पनि सकेनौं । हामी त पढे लेखेका, शिक्षित भनाँउदा त ठगियौं भने, अझ गाउघरका अशिक्षित व्यक्तिहरुको के हाल भयो होला ? हामिले ति कृष्णदास बाबाको वारेमा अझ वढी वुझ्ने निर्णय ग¥यौं ।

 

तिनैले दिएको पम्प्लेटमा त्यहाँको वेभसाइड लेखिएको थियो । वेभसाइड हेर्दा त हामी फेरी अचम्म प¥यौं । उनि र माओवादी अध्यक्ष प्रचण्ड कुरा गरिराखेको फोटो रहेछ । अनि यि बाबा त आधुनिक बाबा रहेछन् । उनको नामको फेसबुक पनि ३ वटा रहेछ । फेरी अर्को चकित पार्ने कुरा देख्यांै, उनको एउटा फेसबुकमा त उनि पुर्वराज ज्ञानेन्द्र शाहसँग कुरा गरिराखेको पो फोटो छ । उनको वालमा एउटी भारतिय महिलाले “तपाई

 

द्य।ज्।इ मा कहिले पढ्नु भएको थियो, मेरो अंकले त्यहाँको प्रोफेसर हुनुन्छ, उहाँले साध्नु भन्नु भएको छ । तपाइ मेरो प्रश्नको उत्तर किन दिनुहुन्न, उहाँले सोध्नु भन्नुभएको छ । तपाइ मेरो प्रश्नको उत्तर किन दिनुहुन्न । “ भनेर तिन्दिमा लेखेकि रहेछिन् । ति व्यक्तिको कुरा सुन्ने हो भने तिनले ः।इ त के क्ीऋ पनि गरेको चैनन् जस्तो लाग्छ ।

हामीहरु ति बाबाले नेपालकै ठूलो आयुर्वेदिक अस्पताल वनाउने भनेको क्षेत्रपाटीको ठाउँमा पनि खोज्दै पुग्यौं । पहिला एउटा हस्पिटल खोलेर वन्द भएको घर रहेछ । हामी पुग्दा त्यहाँ मर्मत कार्य हुदै थियो । त्यहीँ काम गरिरहेका मजदुर हरुलाई “के को लागि हो ?” भनेर साध्दा“ खै थाहा छैन” भने । मजदुर बाहेकका मान्छे चाहिँ कुरा गर्नै चाहोनन् । एउटा साथीले भन्दै थियो “त्यस्तो मान्छेले वनाएको अस्पताल कस्तो हुने होला ? ” ।

 

हामी अक्सिजन विना २मिनेट पनि वस्न सक्दैनौं, कोहि व्यक्ति नौ नौ दिनसम्म कसरी वस्न सक्छ ? कस्तो व्यक्तिलाई महाराज भनेर सम्वोधन गरिन्छ ? श्री ५ नै हटिसकेको देशमा कसैले श्री श्री १००८ भनेर नाममा जोड्न पाउदा कि पाउदैन ? नाडीपरिक्षा भनेको केहो ? के नाडी परिक्षाबाट साच्चिकै सबै रोग पत्ता लगाउन सकिन्छ ? के नाडी परिक्षाबाट साच्चिकै सबै रोग पत्ता लगाउन सकिन्छ ? के सरकारी जग्गालाई जो कोहि बाबाले कब्जा गरेर आफ्नो आश्रम बनाउन सक्छन् ? बाबहरुले आफ्नो सम्पतिको राज्यलाई कर तिर्नु पर्छ कि पर्दै न ? आयुर्वेदिक औषधिहरु प्रयोग गर्न र आयुर्वेदिक चिकित्साको लागि कहिं कतैबाट स्विकृत लिनुपर्छ कि पर्दैन ? यि सवै प्रश्नहरु कृष्णदास बाबासँग सम्वन्धित छन् ।

 

श्री श्री १००८ डा. कृष्णदास महाराज जी भनिने यि व्यक्ति र उनीसँग सम्वन्धित विषयहरुको सम्वन्धित निकायले अनुसन्धान गरोसे र यसे ठग डाक्टर बाबाहरु वाट नेपाली जनता ठगिन नपाउन् भन्ने हाम्रो चाहना छ ।

 

कमल आचार्य

बागबजार, काठमाण्डौं

नेपाल ।

Comments (0)Add Comment

Write comment

busy

Ayurveda Tags